Tuesday, May 20, 2014

एउटा प्रयास: 'मगर नाच' संरक्षणमा

डाङ्गसिङ्गटार, रामेछाप जिल्लाको ओख्रेनी गाउँ विकास समिति वडा नं. ६ मा पर्दछ। ५२ घरधूरी मगर समुदाय रहेको यो सानो गाउँ साँस्कृतिक धनी गाउँको रूपमा चिनिन्छ। साँस्कृतिक परम्परामा यो गाउँको बेग्लै पहिचान छ। डाङ्गसिङ्गटारको मूख्य पर्वहरू बज्रकालिका देवीको 'समच्छे पूजा', 'भूमे', 'शनिसारी' र 'मारूनी नाच' हुन्। 

यस मध्ये 'मारूनी नाच' लाई विशेष पर्वकोको रूपमा लिदैँ आ‍एको छ। यो नाच हिन्दुहरूको दोस्रो महान चाड 'तिहार' मा नचाइन्छ। मैले थाहा पाए देखि नै डाङ्गसिङ्गटारमा श्री पदम बहादुर आले मगरको अगुवाइमा यो 'मारूनी नाच' प्रचलनमा रहदै आएको छ। उनी अहिले ८९ बर्षका भए। राम्रोसँग सुन्न सक्दैनन्। पोहोर साल सम्म पात्रो हेर्ने काम गर्दथे। अझै पनि 'नाच' भनेपछि हुरुक्कै हुन्छन् उनी।
मारूनी नचाउँदै मादलेहरू


हाल उनको असमर्थतामा उनकै जेठा छोरा श्री ईन्द्र बहादुर आले मगरले सो 'नाच' को बीडो थामेका छन् र उनलाई साथ दिएका छन् तेसै समुदायका टंक बहादुर पुर्बछाने मगरले।

यहाँ राखिएको श्रब्यदृश्य मेरो ब्यक्तिगत तथा बज्र समाज नेपालका सम्पूर्ण सदस्यहरूको मेहनत र परिश्रमले बिना कुनै आर्थिक लगानीमा डाङ्गसिङ्गटारमा रहेको 'मारूनी नाच' संरक्षणमा केही टेवा पुगोस भनेर सानो प्रयास गरिएको हो।

आशा छ यहाँहरूको सद्भाव र प्रेरणाले यसलाई भविश्यमा अझै गुणस्तरीय र बिस्तृत संरक्षणमा सहयोग पुग्नेछ। धन्यवाद सबै जनालाई! 


उही,

पूर्ण मगर